
बिर्तामोड, बैशाख २ । प्रथम फर्कियो जोवन भेट्रान्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रगढी भेट्रान्स क्लब विजयी भएको छ । चन्द्रगढीले ढल्के जोवन फुटबल क्लबलाई हराएको हो ।
त्यस्तै, आज भएको दोस्रो खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरलाई तुर्केनी स्पोर्टस् क्लब काँकरभिट्टाले हरायो । नाइटचेस क्लव काँकरभिट्टाले हिमाली युनाइटेड क्लब भद्रपुरलाई स्तब्ध बनायो । आयोजक फर्कियो जोवन फुटबल क्लबलाई हल्दिबारी फुटबल क्लबले परासजत गर्यो ।

भद्रपुर ४ स्थित मेची ग्राउन्डमा सुरु प्रतियोगितामा झापाका आठवटा भेट्रान्स टिमको सहभागिता रहेको छ । भोलि दुईवटै सेमिफाइनलका खेल हुनेछन् भने शुक्रबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र ट्रफी पाउनेछ भने उपविजेताले नगद २० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव अभिषेक लिम्बूले जानकारी दिए ।
नयाँ वर्ष २०८३ को अवसरमा लागुऔषध दुव्र्यसनविरुद्धको अभियानअन्तर्गत प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमबीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रतियोगिताको उद्घाटन गरे ।
क्लबका अध्यक्ष विश्वराज थापाको अध्यक्षतामा उपाध्यक्ष रोहित काफ्लेले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलगायतको सहभागिता थियो ।




