२०८२ जेठ २१ बुधबार
Jhapa Today
Adv top

सिरुवा पर्व नमनाउन अपिल


बिर्तामोड, चैत ३० । कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण यस वर्ष सिरुवा पर्व विगत वर्षहरुमा जस्तोगरी नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै जोखिम मोलेर सांस्कृतिक कार्यक्रम नगर्न प्रतिष्ठानले सचेता गराएको छ । आइतबार एक अपिल सार्वजनिक गर्दै प्रतिष्ठानले सोमबारदेखि सुरु हुने राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका जातिको महान पर्व सिरुवा भीडभाड हुनेगरी नमनाउन आग्रह गरेको हो ।

‘सिरुवा हाम्रो महान चाड भए पनि यस वर्ष हर्षोल्लासका साथ मनाउने अवस्था छैन’ प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी भनेका छन् । उनले सिरुवा मनाउन खोज्दा त्यसबाट आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न आग्रह गरेका छन् ।

सोमबार नयाँ वर्ष २०७७ प्रारम्भ भएसँगै राजवंशी, ताजपुरियालगायत जातिको सिरुवा पर्व सुरु हुन्छ । उनीहरुले बैशाख १ गते पानी सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा सामुहिक रुपमा खेल्ने गर्दछन् । यस अवसरमा झापा, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् ।

तर, यस वर्ष कोरोना संक्रमणका कारण सामुहिक रुपमा सिरुवा खेल्ने तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरेको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताए । त्यस्तै, कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरु यस वर्ष स्थागित गरिएका छन् ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल