२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका युगलकिशोरसहित ४ प्रशिक्षक लाई ‘ए’ लाइसेन्स


बिर्तामोड, असार ४ । झापाका युगलकिशोर राईसहित चारजना प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् ।

‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा राईसँगै अनन्त थापा, चेतन घिमिरे र सल्यान खड्गी रहेका छन् । राई बि डिभिजन क्लब बाँसबारी, थापा र चेतन विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छन् भने सल्यान ए डिभिजन क्लब संकटाका प्रशिक्षक हुन् । राईले केही समय झापा ११ क्लबको पनि प्रशिक्षण गरेका थिए ।

त्यस्तै, चुनबहादुर थापा र वसन्त गौचन थकालीले एएफसी प्रो ए लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । चुनबहादुर त्रिभुवन आर्मीको प्रशिक्षक र व्यवास्थपक दुवै भूमिका निर्वाह गर्दै आएका छन् । एक दशकयता जापानमा रहँदै आएका वसन्त त्यहाँ एक फुटबल एकेडेमीका प्रशिक्षकका रुपमा कार्यरत छन् ।

एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौँमा भएको कोचिङ कोर्सको नतिजा सार्वजनिक गरेको हो । कोचिङ कोर्स मोडल १ र मोडल २ को आधारमा भएको थियो ।
कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए । कोचिङ कोर्सलाई एएफसीका इन्सट्रक्टर भारतीय साभियो पिडाडी मेडिइराले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer