२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दस महिनामा २८ करोडको बेसार आयात


बिर्तामोड, असार ६ । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार आयात भएको छ । त्यस्तै, तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।

युरोप र पश्चिम एशियामा बेसारको माग बढ्यो

कोरोना भाईरस डरले बेसार प्रयोग बढेसँगै भारतबाट युरोप र पश्चिम एशियामा हुने निर्यातमा उछाल भएको छ । श्वास प्रश्वास प्रणाली स्वस्थ राख्नका लागि बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको गत मार्चमै इकोनोमिक्स टाइम्सले लेखेको थियो ।

सामान्य अवस्थाको तुलनामा ती स्थानमा भारतबाट निर्यात हुने तरकारी तथा मसलाको माग १५ प्रतिशतले बढ्दा बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत, पाकिस्तान, हाइटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देशहरु हुन् । बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’हो । बेसारको गानोमा पाइने तत्व (पहेँलो रंगको) कुरकुमिन हो । अहिले निकै चर्चाको रहेको बेसारको नेपालमा उत्पादन र बजारबारे यहाँ चार्चा गर्न गईरहेका छौँ ।

नेपाली बजारमा बेसार

नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको श्रेष्ठको भनाइ छ । भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको उनले बताए । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।

नेपालमा बेसार खेती

नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो दुई नामको बेसार खेती गरिन्छ । कृषि व्यस्थापन सूचना प्रणालीले केही वर्ष अगाडि गरेको अध्ययनअनुसार नेपालमा रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औषत एक रोपनीमा दुईदेखि साढे दुई मेट्रिक टन काँचो बेसार उत्पादन गर्न सकिने अध्ययनमा देखिएको छ ।

नेपालमा बेसार मात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभए पनि बेसार लगायतको मसला बालीको उत्पादन आव २०७५ ७६ को तुलनामा ९.५ प्रतिशतले बृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ ।

नेपालमा अलैँची, अदूवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ । मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ मेट्रिक टन रहने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer