२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ब्राउन सुगरसहित तीनजना पक्राउ


बिर्तामोड, असार ८ । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ झापाको कमल-५ पाडाजुँगी हुँदै गौरादहतर्फ जाँदै गरेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले पछ्याएको थियो । मे. ११ प ६५४६ र बा. ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार पक्राउ पर्नेमा कमल-५ बस्ने २० वर्षका दिपेश थापा, झापा-४ बस्ने २१ वर्षका सेराज अली र सोही स्थानका २३ वर्षका अनन्तप्रसाद गणेश छन् । उनीहरुको साथबाट २८ दशमलव ९७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer