२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ल्याबका लागि थपलिया र ओलीको ६२ हजार सहयोग


झापा, असार १० । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजना व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बुधबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई व्यवसायी तथा धार्मिक व्यक्तित्व शारदाप्रसाद थपलिया र टहलदास ओलीले क्रमशः ५१ हजार र ११ हजार रुपैयाँ प्रदान गरे । थपलिया मेगा कम्प्लेक्सका सञ्चालक तथा घरजग्गा व्यवसायी हुन् । ओली कोपिला हाउजिङका सञ्चालक हुन् ।

अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईले रकम ग्रहण गरेका थिए ।

अभियानले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जट्ने क्रम जारी छ । सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

यसैबीच, ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले पनि ल्याबका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ । अभियानले ल्याबका लागि ८५ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer