२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

फेरि भेटियो महामारी ल्याउन सक्ने अर्को भाइरस


झापा, असार १६ । चीनमा फेरि अर्को नयाँ भाइरस भेटिएको छ । चीनबाट फैलिएको कोभिड–१९ ले विश्वलाई सताइरहेका बेला फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान भएको छ ।

चीनका वैज्ञानिकहरुका अनुसार यो स्ट्रेनको महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ । बिबिसी अनलाइनमा प्रकाशित खबरअनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ ।

जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ती सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer