२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटीद्वारा खाद्यान्न वितरण


बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले कार्यकालको पहिलो दिनबाटै सामाजिक कामको सुरुवात गरेको छ ।

लायन्सको अन्तर्राष्ट्रिय नियमअनुसार जुलाई १ तारिखबाट नयाँ कार्यकाल सुरु हुने गर्छ । क्लबले एक कार्यक्रमका बीच १५ विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो । बिर्तामोड-२ हरिओम टोलका अतिविपन्न परिवारलाई चामल र दाल उपलब्ध गराइएको छ ।

क्लबका वर्ष २०२०/२१ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, जोन चियर पर्सन विश्वासबाबु काश्यप, चार्टर प्रेसिडेन्ट नीरज ओली र बिर्तामोड-२ का वडा अध्यक्ष नगेन्द्र संग्रौलाले शुभकामना व्यक्त गरेका थिए ।

क्लब सचिव उपेन्द्र बानियाँले सञ्चालन गरेको तथा कार्यक्रम संयोजक दुर्गा थपलियाले स्वागत गरेको कार्यक्रममा अध्यक्ष चौधरीले सबै भाषा, धर्म, जात, वर्ग र समुदायप्रति सेवा गर्न लायन्सको स्थापना भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer