२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कतार विश्वकप फुटबल २०२२ नोभेम्बर २१ बाट


बिर्तामोड, साउन १ । फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक गरेको छ ।

विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा हुनेछ । प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

विश्वकप फुटबलको २२ औँ संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, कतार विश्वकप भने जाडो मौसममा आयोजना हुनेछ । जुन र जुलाईमा कतारमा अत्यधिक गर्मी हुने भएकाले फिफाले विश्वकप जाडो मौसममा गर्ने निर्णय गरेको हो ।

स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् । प्रतियोगिताका खेल हुने ८ रंगशालाहरु एकआपसमा ४० माइलको दूरीमा रहेका छन् । समर्थक र पत्रकारले मैदानमै पुगेर २ खेलसम्म हेर्न सक्नेछन् ।

खेल तालिका सार्वजनिक गर्दा समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ । समूह चरणको खेल १२ दिनमा सकिने छ ।

समूह चरणमा तीन खेलबाहेक हरेक टोलीले ३ दिनको विश्राम प्राप्त गर्नेछन् । एउटा रंगशालाबाट अर्को रंगशाला पुग्न विशेष सवारीको व्यवस्था गरिनेछ । हरेक खेलस्थल पुग्न आयोजकले सवारी व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer