२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द समूहका सैन्य इन्चार्ज उर्लाबारीबाट पक्राउ


मोरङ, साउन १ । प्रतिबन्धित चन्द समूहको पूर्वी कमाण्डको सैन्य इन्चार्ज हतियारसहित मंगलबार उर्लाबारीबाट पक्राउ परेका छन् । कालिकोटको फेनेली घर भई हाल मोरङको उर्लाबारी–३ मंगलबारे बस्दै आएका ४० वर्षीय जोखिम र नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई पक्राउ गरेको हो ।

प्रदेश १ प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले बोहोरालाई मंगलबारेस्थित उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनको घरबाट कटुवा पेस्तोल १ थान, थ्री नट थ्री राइफलको गोली ३ थान, सकेट बम १ थान, इलेक्ट्रिक डेटोनेटर केवलसहित १ थान, लिथिएम ब्याट्री ४ थान, एनटीसीको सिम ७ थान, एनसेलको सिम २ थान, मोबाइललगायतका कागजपत्र बरामद भएको डीएसपीले राईले बताए ।

बोहोरा पथरी शनिश्चरे–१ स्थित पूर्व–पश्चिम राजमार्गमा २०७४ चैत ११ गते सुतली बम राखेको, ०७६ जेठ २ गते सुन्दरहरैचा ७ स्थित पूर्व–पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको, मिक्लाजुङ गाउँपालिका १ साकेलाथानमा किसानचोक–टाडी–रमिते सडक निर्माणमा प्रयोग भएको ३ वटा एक्स्काभेटरमा बम विस्फोट गरी आगजनीलगायतका ८ वटा घटनाका फरार प्रतिवादी रहेको डीएसपी राईको भनाइ छ । -इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer