२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि कनकाईबाट सहयोग


बिर्तामोड, साउन १ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् ।

बिहीबार कनकाई नगरपालिका वडा नम्बर १ बाट ११ हजार ५०० रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, कनकाई उद्योग वाणिज्य संघले नगद २१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए ।

कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रोशनराज पोखरेलसहित वडा सदस्यहरुले तथा संघको तर्फबाट निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले नगद हस्तान्तरण गरेका थिए ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु शिवकुमार कडेल, मिजास पोखरेल, सञ्जीव घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाईं, सहसंयोजक बस्नेत र वडा अध्यक्ष पोखरेलले आआफ्नो भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer