२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

हत्या भएको १४ वर्षपछि अभियुक्त पक्राउ


बिर्तामोड, साउन १ । कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरको छ । पक्राउ पर्नेमा बौदल लामगादे विक भनिने पुण्यप्रसाद विश्वकर्मा छन् ।

झापाको साबिक टाघनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न पुण्यप्रसाद फरार रहेका थिए । झापाका एसपी कृष्ण कोइरालाका अनुसार पुण्यप्रसाद टाघनडुब्बा– ९ स्थित ससुरालीमा गएका बेला घटना भएको थियो ।

साबिक टाघनडुब्बा–७ कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगादेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर ससुरालीमा बसेका लामगादेले नत्थुमाथि कुटपिट गरेको एसपी कोइरालाको भनाइ छ । साबिकको मेचीनगर-८ का उनी टाघनडुब्बा-९ स्थित नन्दुलाल विश्वकर्माका जेठा ज्वाइँ हुन् ।

तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिए पनि उपचारका क्रममा नत्थुको मृत्यु भएको थियो । पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी हाल मेचीनगर-५ इटाभट्टामा रहेको पत्ता लगाएको थियो ।

नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरकफरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ । कोइरालाले भने, ‘अभियुक्तले जतिसुकै चलाखी गरे पनि प्रहरीले निरन्तर निगरानी गरिरहेको हुन्छ, कसैले उन्मुक्ति पाउने कुरै हुँदैन ।’

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत झापाले लामगादेलाई ७ दिन हिरासमा राख्न अनुमति दिएको छ । यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ । २०६३ साल चैत २५ नत्थुको उपचारको क्रममा मृत्यु भएपछि ससुरा रामबहादुर विश्वकर्माले लामगादेविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer