२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा साकोसद्वारा तीन करोड ४५ लाख ब्याज मिनाहा


बिर्तामोड, साउन ३ । वित्तीय कारोबार तथा सदस्य संख्याका आधारमा मुलुककै ठुलो झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसले आफ्ना ऋणीको तीन करोड ४५ लाख रुपयाँ ब्याज मिनाहा गरेको छ ।

संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ असारसम्म चार महिनाको अवधिमा पाकेको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् ३ करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले निकालको विज्ञप्तिमा उल्लेख गरिएको छ । साकोसले चार महिना लकडाउन हुँदा पनि आर्थिक वर्ष २०७६०७७ को समाप्तिमा वित्तीय आँकडामा सकारात्मक परिणाम निकाल्न सफल भएको विज्ञप्तीमा उल्लेख छ ।

लकडाउनकोे समयमा सहारा नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत देखिनेगरी काम गरेको छ । संस्थाको अगुवाईमा एकका लागि एक अभियान सञ्चालन गरेर सदस्य तथा समुदायलाई दैनिक उपभोग्य सामग्री राहत प्रदान गरिएको थियो । आफ्ना विपन्न सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म निब्र्याजी विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको छ ।

‘यो अवधिमा ऋण, हर्जना जरिवाना केही पनि संस्थाले लिएको छैन’, गिरीले निकालको विज्ञप्तिमा भनिएको छ, ‘ऋणको किस्ता समेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।’ संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ ।

कोरोना महामारीको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका बेला वित्तीय क्षेत्र पनि धेरै प्रभावित भएको र संस्थालाई सबैको मनमा राख्न सामुहिक हितलाई ध्यानमा राखेर अघि बढेको बताइएको छ । संस्थाले आप्mनो कार्यक्षेत्रभित्रका ६ वटै जिल्लाका स्थानीय तहहरुलाई विपद् राहत कोष सञ्चालन गर्न आर्थिक सहयोग गरेर पनि फरक पहिचान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer