२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज अस्ट्रेलियाद्वारा खाद्यान्न वितरण


बिर्तामोड, साउन ५ । झापाली जनताको आपतविपदमा सहयात्री बन्दै आएको झापाली समाज अस्ट्रेलियाले जिल्लाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ का विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ ।

हल्दिबारी ५ का ३० विपन्न परिवारलाई खाद्यन्न वितरण गर्दै समाजले आफ्नो सहयोगलाई निरन्तरता दिएको हो । राहतस्वरुप चामल, दाल, तेल, नुनलगायत खाद्यान्न र साबुन प्रदान गरिएको हो । समाजका सदस्य भीष्म ओली र दिपेन्द्र बुढाथोकीले राहत प्रदान गरेका थिए ।

सहयोग सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, वडा अध्यक्ष शेरबहदुर नेम्वाङ, वडा सदस्य मदन तामाङले समाजको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

यसैबीच, समाजका अध्यक्ष उमेश पोखरेलले फोनमार्फत झापाली समाज आवश्यक सहयोग गर्न सधैँ तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । हरेक विपदमा झापाली समाजले प्रत्यक्ष रूपमै जिल्लाबासीहरुलाई सहयोग गर्दै आएको र यो अभियान आउँदा दिनहरुमा पनि निरन्तर जारी रहने पोखरेलले जानकारी दिए ।

लक डाउन भएयता समाजले भद्रपुर नगरपालिकालाई ५० थान विद्युतीय कित्ली तथा सिसाका ग्लास प्रदान गरेको थियो । समाजले मेचीनगर र कचनकवलमा समेत खाद्यान्न वितरण गरेको थियो । त्यस्तै, एकका लागि एक अभियानमार्फत पिसिआर ल्याब स्थापनाका लागि एक लाख रुपैयाँ प्रदान गर्ने घोषण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer