२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रवि लामिछाने र उनको कार्यक्रमविरुद्ध उपप्रमुख अदालत जाने


बिर्तामोड, साउन ७ । आफूमाथि भ्रमपूर्ण सामग्री प्रसारण गरेकाले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं कार्यक्रम सिधा कुरा जनतासँग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने भएकी छन् ।

बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रमुख प्रसाईंले न्युज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँगले आफ्नो व्यक्तिगत प्रतिष्ठमाथि आँच पुर्याएको बताएकी छन् । सो कार्यक्रममा प्रसारण गरिने विषयवस्तुहरु भ्रामक, असत्य एवम् कपोलकल्पित हुँदा रहेछन् भन्ने प्रमाणित भएको पनि उनले बताइन् ।

दुई वर्षअघि बिर्तामोडमा भएको एउटा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मणि नेपालीको श्रीमतीलाई जोडेर आफूमाथि गम्भीर आरोप लगाएको भन्दै उपप्रमुख प्रसाईले अब कानुनी बाटो रोज्ने बताइन् ।

उनले मणि नेपालीको श्रीमतीलाई चोरीको आरोप लगाएर घरमा कामबाट निकालेको सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनले टिभी कार्यक्रममा देखाएको जस्तो कामबाट ननिकालेको उनले बताइन् ।

उनको घरबाट औँठी हराएपछि नेपालीको श्रीमतीले नै आफूलाई घरमा ल्याएर औँठी दिएको र अहिलेसम्म सम्पर्कमा समेत नआएको जानकारी उनले दिइन् ।

प्रसाईंले भनिन्, ‘मैले चोरीको आरोप पनि लगाएको छैन, कामबाट निकालेको पनि होइन । तर, मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो, म त्यसका विरुद्ध अदालत जान्छु ।‘

काम गरेको पैसा नदिएको भनेर आफ्नो बद्नाम गर्न खोजेको भन्दै उपप्रमुख प्रसाईंले पत्रकार सम्मेलनका क्रममा भनिन्, ‘घटनाका बारेमा पटकपटक सत्यतथ्य बताउने भन्दा पनि अहिलेसम्म सो समूह सम्पर्कमा आएको छैन ।‘ कार्यक्रममा आफूलाई जोडेर गलत सन्देश प्रवाह गरेको थाहा पाएपछि सच्याउनका लागि कार्यक्रमको टिमलाई पटकपटक टेलिफोनमार्फत् आग्रह गरकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer