२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ल्याब स्थापनाका लागि फर्निचर व्यवसायीले दिए ५१ हजार


बिर्तामोड, साउन ८ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ झापाले छैटाँै स्थापना दिवसको अवसर पारेर पिसिआर ल्याब स्थापनार्थ एकका लागि एक अभियानलाई ५१ हजार रुपैयाँ पदान गरेको छ ।

बिहीबार ल्याब रहेको कोटिहोममा महासंघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरी र केन्द्रीय सदस्य खगेन्द्र खरेलले अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेतलगायतलाई नगद ५१ हजार हस्तान्तरण गरेका हुन् ।

महासंघले ‘मानव सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ माईपश्चिमको दमक र माईपूर्वको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको बिर्तामोडका सफल व्यवसायीसमत रहेका महासंघका केन्द्रीय सदस्य खरेलले जानकारी दिए । बिर्तामोडमा ३७ र दमकमा ४१ पिन्ट रगत संकलन भएको छ ।

बिर्तामोडमा भएको रक्तदान कार्यक्रममा महासंघका केन्द्रीय सचिव राजकुमार दाहाल, केन्द्रीय सदस्य खरेल, झापाका पूर्ववरिष्ठ उपाध्यक्ष ओमभक्त प्रसाई, वरिष्ठ उपाध्यक्ष रोहित आचार्य, उपाध्यक्ष हिमाल ओली, सचिव दिनेश सुवेदी, सहसचिव, गोविन्द सिटौला, कोषाध्यक्ष मानबहादुर कटुवाल, पूर्वजिल्ला सचिव छत्रवहादुर कार्की, जिल्ला सदस्य लीला वन, श्रीप्रसाद सिटौलालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer