२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि मोटरसाइकल पार्टस् व्यवसायीको सहयोग


बिर्तामोड, साउन ११ । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना भएर सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि मोटरसाइकल स्पेयर पार्टस् व्यवसायी संघ बिर्तामोडले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई संघले नगद हस्तान्तरण गरेका थिए । रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतल धन्यवाद दिएका थिए ।

दाताको तर्फबाट अध्यक्ष उपेन्द्र बानियाँ , उपाध्यक्ष निरज चुडाल, सचिव डिल्ली थापाले नागरिक अभियानमा जाडिन पाएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर कमिटी चारआलीले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेको छ । कमिटी चारआलीका अध्यक्ष तोकप्रसाद दुलाल, सचिव गोपाल श्रेष्ठ, सहसचिव घनश्याम बानियाँले रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer