२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

माल्टामा झापालीहरु संगठित, संयोजकमा शर्मिला


माल्टा, साउन ११ । वैदेशिक रोजगारीको लागि युरोपको एक टापु देश माल्टामा पुगेका झापालीहरु संगठित भएका छन् । झापा र झापालीहरुको सामाजिक, शैक्षिक, भौतिक विकासमा योगदान गर्ने उद्देश्य लिएर झापाली समाज माल्टा गठन भएको नवगठित समाजका संयोजक शर्मिला बस्नेतले बताइन् ।

पाँच दिनअघि भएको भर्चुअल बैठकले १५ सदस्यीय समिति गठन गरेको बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले हङकङबाट जानकारी दिए ।

बैठकमा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन पनि सहभागी भएर नवगठित समितिलाई बधाई साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
समाजका पदाधिकारीहरुको समेत सहभागितामा सम्पन्न बैठकले नवगठित समितिलाई अन्तर्राष्ट्रिय झापाली समाजले अभिभावकत्व दिलाएर झापा र झापालीहरुको सेवामा सँगसँगै सहकार्य गरिने समाजका संरक्षक दिनेश पोखरेलले बताए ।

माल्टामा कार्यरत झापालीहरुलाई एकता, सहयोग र सहकार्यमा आबद्ध गराएर त्यहाँका नेपालीहरुका सुखदुःखमा साथ दिने समितिको मुख्य कामहरुमा एक रहेकोे बताउँदै संयोजक बस्नेतले आफ्नो क्षमताले भ्याएसम्म सामाजिक कार्यलाई निरन्तरता दिने बताइन् ।

समितिको सहसंयोजकमा लोकराज पौडेल, सदस्यहरुमा उमेश गिरी, प्रविन थापा, द्रोणकुमार घिमिरे, मुक्ति पुरी, सुष्मा कार्की, नरेश चापागाईं, रोशन आचार्य, पार्वता उप्रेती, निशा सुवेदी, मनोज बस्नेत, पिंकुर तामाङ, नवीन भट्टराई र योगेश खड्का छन् ।

समितिले निकट भविष्यमा माल्टामा झापालीहरुको एक बृहत भेला गरेर समितिलाई पूर्णता दिने बताइएको छ । बैठकले माल्टामा लामो समयदेखि रहेका तीनजना समाजसेवी व्याक्तित्वहरुको एक सल्लाहकार समिति गठन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा तेजबहादुर लिम्बू र अन्य दुई जना सल्लाहकारमा नवीन गिरी र राजीव दाहाल छन् ।

उक्त समितिलाई अन्तर्राष्ट्रिय झापाली समाजले लिखित रूपमा शुभकामना व्यक्त गर्दै नयाँ सदस्य राष्ट्रका रुपमा मान्यता दिएको महासचिव खेमराज जमरकट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer