२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लागुऔषधसहित दुईजना पक्राउ


बिर्तामोड, साउन १५ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले दुईजनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा भद्रपुर ४ मन्त्रीचोकमा खानतलासी गर्दा भद्रपुर ३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र २२ वर्षीय रोशन माझीलाई बुधबार दिउँसो पक्राउ गरिएको झापाका प्रहरी सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा सडकको किनारमा रोकी राखेको प्र.१–०१–०१२प ६९२१ नम्बरको केटिएम डुक मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा मगरले आफ्नो पिठ्युँको पछाडि झोलामा लागुऔषध भिरेको भेटिएको प्रहरीले जनाएको छ ।

झोलाभित्र NITROSUN- 10 लेखिएको कागजको ४ बट्टाभित्र चार सय चक्की ट्याब्लेट र CODEINE ESKUF 100 ML लेखिएको पचास बोतल लागुऔषधहरु बरामद भएको थापाले बताए । थापा मगर र माझीका बारेमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer