२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ल्याबका लागि एक्सेल बैंकसहितका संस्थाबाट पौने आठ लाख


कनकाई, साउन २२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमइ बैंक लिमिटेडले एक लाख, कनकाई नगर सहकारी समन्वय समितिले ५१ हजार, नेपाल भेनियर उत्पादक संघले ५० हजार, इाटा व्यवसायी संघ झापाले ५१ हजार, दमक निवासी भगवान बस्नेतले २१ हजार र सुरुंगाा निवासी नमिता बस्नेतले २ हजार रुपैयाँ प्रदान गरे ।

बिहीबार कोटिहोमको समर्पण भवनमा आयोजित कार्यक्रमका बीच बैंक तथा व्यवसायी संघले सो रकम बराबरको चेक तथा नगद एकका लागि एक अभियानलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एक्सेलका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल तथा पंकज घिमिरेले, ग्लोबलका बिर्तामोड शाखा प्रमुख पवन पौडेल र ऋण विभाग प्रमुख मनोज बोहोराले चेक प्रदान गरे ।

त्यस्तै, कनकाई सहकारी समितिको तर्फबाट संयोजक चम्पा सुवेदी र सहसंयोजक कुमारमणि पोखरेलले, भेनियरका तर्फबाट अध्यक्ष दिपक पाण्डे र उपाध्यक्ष श्याम न्यौपानेले चेक हस्तान्तरण गरेका थिए । इँटाका तर्फबाट अध्यक्ष गुणराज थापा, उपाध्यक्ष मदनकुमार मित्तल र सचिव दिपककुमार शाहले चेक प्रदान गरे ।

अभियानका तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु केदार गिरी, कुमार भट्टराई, शिव कडेल, लीला चिमरियालगायतले चेक ग्रहण गरे ।

कार्यक्रममा कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरप्रमुख ध्रसवकुमार शिवाकोटी, हल्दिबारीका अध्यक्ष रवीन्द्र लिङदेन, अर्जुनधाराकी नगर उपप्रमुख कमला आचार्य, बुद्धशान्तिकी उपाध्यक्ष मीरा भूर्तेलसमेतले दाताले प्रदान गरेको चेक ग्रहण गरेका थिए ।

अभियानमा करिब एक करोडको लागतमा ल्याब स्थापना गरिसकेको छ । मेची अस्पतालको मातहतमा सञ्चालनमा आउने ल्याब केही दिनमा सुरु हुनेछ । एक दिनमा ४५० नमुना परीक्षण गर्ने क्षमता भएको ल्याब नागरिकस्तरबाट निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer