२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एक करोड लगानीमा जाइन्ट साइकलको सोरुम बिर्तामोडमा


बिर्तामोड, भदौ ५ । साइकल पारखीका लागि अब झापामै बिक्री केन्द्र सञ्चालनमा आएको छ । द हिमालयन माउन्ट बाइक सर्भिस सेन्टरले बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच बिर्तामोड सिटी सेन्टरमा सोरुम सञ्चालनमा ल्याएको सञ्चालक बुद्धभूषण योञ्जनले जानकारी दिए । जाइन्ट कम्पनीका साइकल बिक्री सुरु गरेर सेन्टरले झापामा साइकलयात्रीका लागि सहज बनाएको योञ्जनले बताए ।

एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको साइकल सोरुमका सञ्चालकहरुमा योञ्जनसहित योगेन्द्र थापा, धनराज मगर र राजीव धिमाल रहेका छन् । साइकल चलाऔँ, स्वस्थ्य बनाऔँ भन्ने नाराका साथ सञ्चालनमा आएको सोरुममा ३३ हजारदेखि पाँच लाख रुपैयाँसम्मका साइकल उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer