२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसायी कार्की सम्मानित


बिर्तामोड, भदौ ११ । व्यवसायी तथा सामाजिक व्यक्तित्व बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो ।

सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा कार्कीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी तथा संस्थाका अध्यक्ष तुलसीराम खरेलले सम्मानपत्र प्रदान गरेका थिए ।

संस्थाका उपाध्यक्ष भक्त कार्कीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा दर्जनौँ संघसंस्था आवद्ध कार्की सामाजिक सेवामा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer