२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यामाहाको ‘रे जेडआर १२५ एफआइ’ स्कुटर सार्वजनिक


बिर्तामोड, असोज ८ । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ ।

एक कार्यक्रमका बीच आज बिहीबार राष्ट्रिय कलाकार विल्सन विक्रम राई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सञ्चालक विनोद बस्नेतले स्कुटरको अनावरण गरेका थिए । स्कुटरको बजार मूल्य २ लाख ५४ हजार ९०० रूपैयाँ रहेको छ ।

सञ्चालक बस्नेतले नयाँ रे जेडआर १२५ एफआइमा मेजर रिफाइनमेन्टहरु गरिएको सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको बताए । जसले मात्र ७ दशमलव ५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने उनले जनाकारी दिए ।

साथै, यो स्कुटरको माइलेज पनि सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको कम्पनीको दाबी छ । यसमा १२५ सिसीको बिएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआइ प्रविधिसहितको इन्जिन लगाइएको छ ।

अंग्रेजी अक्षर ‘वाइ’ आकारको नयाँ एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् ।

यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सिसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकको स्कुटर बनाएको छ । यामाहा नेपालमा बीएस ६ मोडेलको उत्पादन भित्र्याउने एउटै मात्र दुई पांग्रे ब्रान्ड हो ।

यदि कसैले बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारिक सबैभन्दा राम्रो स्कुटर किन्न चाहनुहुन्छ भने नयाँ यामाहा रे जेडआर १२५ एफआइ सबैभन्दा उत्तम विकल्प हुने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer