२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सुनचाँदी व्यवसायी संघ झापाद्वारा विश्वकर्मा र सोनीलाई सम्मान


बिर्तामोड, असोज १८ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले हालै निर्वाचित १ नम्बर प्रदेश समितिका अध्यक्ष र कोषाध्यक्षलाई सम्मान गरेको छ ।

संघको प्रधान कार्यालय बिर्तामोडमा आज आयोजित कार्यक्रममा प्रदेश अध्यक्षमा निर्वाचित रुपदल विश्वकर्मा (राजु) र कोषाध्यक्ष राजेशकुमार सोनीलाई सम्मान गरेको हो । यसअघि उनीहरु क्रमशः झापा समितिका अध्यक्ष र सचिव थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्वकर्मा र सोनीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

वरिष्ठ उपाध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा हालै प्रदेशमा निर्वाचित उपाध्यक्ष इलामका धनमान बराइलीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्की, पूर्वअध्यक्ष कृष्ण उदासलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रदेश अध्यक्ष विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

विशिष्ट सदस्य रमेश बराइलीले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वकर्माले वरिष्ठ उपाध्यक्ष गुप्तालाई औपाचारिक रुपमा कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पिएका थिए । कार्यक्रमको सञ्चालन सदस्य अभिषेक गहतराजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer