२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सिम्रिक साकोसको अध्यक्षमा भट्टराई


बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सहकारी ऐन २०७४ को अनुसार यही कात्तिक १ गतेदेखि सहकारी संस्थाको सञ्चालक समितिमा रहेका व्यक्तिले कार्यकारी प्रमुखको भूमिकामा रहन नमिल्ने भएपछि हालका अध्यक्ष कमलबहादुर बस्नेतले अध्यक्षमा उम्मेदवारी दिएनन् । उनी अब निरन्तर संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर सेवा गर्ने निर्णयमा पुगेका छन् ।

अध्यक्षमा चयन भएका भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका महासचिव, नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडका अध्यक्ष, झापा गोल्डकपका उपाध्यक्षलगायत विभिन्न व्यावसायिक एवम् राजनीतिक संघ–संस्थाको नेतृत्वदायी भूमिकामा छन् । वर्तमान सञ्चालक समितिमा भट्टराई सचिव छन् ।

त्यस्तै, उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की, सञ्चालक सदस्यहरुमा प्रकाश भट्टराई, शशिकला मुखिया, चन्द्रकला भट्टराई सुवेदी, लीला अधिकारी मुखिया र नविन योगी (जोगी) चयन भएका छन् । कोषाध्यक्षमा हरिप्रसाद कडरिया, मेहरमान विष्ट र टंककुमार (प्रकाश) बस्नेतको मनोनयन दर्ता भएकाले चुनाव हुने भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले बताए ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा रमेश अधिकारीसहित सदस्यहरु मीनप्रसाद गुरागाईं र ओमराज राई चयन भएका छन् । उनीहरु यसअघि सोही पदमा थिए । सिम्रिकको कार्यक्षेत्र झापा जिल्लाका सबै पालिका र इलामको माई नगरपालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer