२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा म्याद गुज्रिएका खाद्य पदार्थको खुला बिक्री


बिर्तामोड, असोज २२ । बिर्तामोडका अधिकांश खाद्यान्न पसलले उपभोग गर्न मिल्ने मिति नै नभएका सामग्री बेच्ने गरेको पाइएको छ ।

दसैँ नजिक आएपछि धेरैजसो पसलले मौकाको फाइदा उठाउँदै म्याद गुज्रिएका सामान बेच्ने, मनपरी मूल्य लिने गरेकाले सरकारले बजार अनुगमन गरिरहेको छ । बुधबार जिल्ला बजार अनुगमन समितिको एक टोलीले बिर्तामोडका केही किराना पसल, मिठाइ पसल र थोक बिक्रेतामा अनुगमन गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख तथा अनुगमन समिति सदस्य दुर्गा बास्तोलका अनुसार अधिकांश पसलमा उपभोग्य मिति, उत्पादन मिति र उत्पादकको विवरण खुल्ने लेवल नभएका खाद्य वस्तुहरु भेटिएको बताइन् । समितिले पिरती नामको नमकिन र मटर बरामद गरेको छ ।

अनुगमनका क्रममा बिर्तामोडको स्मृति सप्लायर्समा म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरिएको, सालासर भण्डारमा उत्पादन मिति नभएको पारिक नामको दालमोठ बिक्री गर्न राखिएको, जय माता इन्टरप्राइजेजमा मूल्यसूची नराखिएको, कलकत्ता मिष्ठान्न भण्डारमा भान्सामा आचारसंहिता पालना नगरिएको पाइएको खाद्य अनुगमन अधिकृत भरतकुमार पुरीले जानकारी दिए ।

त्यस्तै, सीताराम रमेशकुमार स्टोरमा लेबल नभएका खाद्य पदार्थ बिक्री गरिएको, किनमेल डिपार्टमेन्ट स्टोरमा अनुज्ञापत्र नलिई प्याकिङ गरी सामान बेच्न राखिएको, ममता मिष्ठान्न भण्डारमा अखाद्य रङ प्रयोग गरिएको मिठाइ बेच्न राखिएको पाइएको जिल्ला प्रशासनका नायव सुब्बा मेघराज निरौलाले बताए ।

अनुगमन टोली सदस्य टिकाराम खतिवडा (गणेश) का अनुसार पसलहरुले विद्युतीय कम्प्युटर काँटाको नवीकरण नगरेको, व्यावसायिक प्रमाणपत्र नलिई व्यवसाय गरेको पाइएको बताए । प्रशासकीय अधिकृत रामहरि खतिवडा नेतृत्वको टोलीले कृषिथोक रोडको तपस्या किराना, सालासार भण्डारबाट लेबलबिनाको तपस्या दालमोठ र परिती नमकिन बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer