
बिर्तामोड, बैशाख १५ । झापाको बिर्तामोडको एक होटलबाट शंकास्पद अवस्थाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिक्षा होटल एन्ड लजमा शंकास्पद रुपमा बसिरहेका दुई युवतीसहित पाँचजना पक्राउ परेका हुन् ।
हिजो साँझ बिर्तामोड–५ स्थित सो होटलमा शंकास्पद बसिरहेको अवस्थामा फेला पारेर होटल सञ्चालकसहितलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा होटल सञ्चालक बिर्तामोड–३ बस्ने निरबहादुर राई, धनकुटा–१ बस्ने सलिना बुढाथोकी, कचनकवल–७ बस्ने सुनिता शाही, इलामको देउमाई–९ बस्ने सुजन न्यौपाने र माई–१ बस्ने अस्विन सञ्जेल रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु लागुऔषधसँगै यौन कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।





