२०८३ बैशाख १६ बुधबार
Jhapa Today
Adv top

मोटरसाइकल चोर्ने मेचीनगरका राजवंशी पक्राउ


बिर्तामोड, बैशाख १६ । प्रहरीले मोटरसाइकल चोरी गरेर झापाबाट इलामतर्फ लाँदै गर्दा एकजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मेचीनगर ११ बस्ने ३३ वर्षीय तुलसी राजवंशी रहेका छन् । हिजो बिहान ११ बजे इलामको रोङ गाउँपालिका ४ जोरकलशस्थित मेची राजमार्गमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प २४५९ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागेर जाँच गर्दा कागजपत्र नभएको उक्त मोटरसाइकल राजवंशीले झापाको धुलाबारीबाट चोरी गरी ल्याएको बुझिएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

सो मोटरसाइकलधनी मेचीनगर ९ बस्ने राहुल विकले हराएको भन्दै हिजो इलाका प्रहरी कार्यालय धुलाबारीमा लिखित निवेदन दिएका थिए ।

Adv footer