२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चार वर्षपछि नेपाल फर्कियो रोयल स्ट्याग


बिर्तामोड, असोज २३ । केही महिनाअघि बाट नेपालमा पुनः उत्पादन सुरु भएको अन्तर्राष्ट्रिय ह्स्विकी ब्रान्ड रोयल स्ट्याग दसैँतिहारको पूर्वसन्ध्यामा बजारमा आएको छ ।

नेपाली मदिरा बजारमा राम्रो बजार हिस्सा बनाइरहेको समयमा ४ वर्षअघि रोयल स्ट्याग नेपालबाट बाहिरिएको थियो । रोयल स्ट्याग अन्तर्राष्ट्रिय ब्रान्ड हो । रोयल स्ट्यागको नेपालमा उत्पादन झापाको विनर लिक्कर्सले थालेको होे ।

सरकारले विदेशी मदिरा ब्रान्ड नेपालमा उत्पादन गरेर नाफा गरेपछि त्यसको ६ प्रतिशत रोयल्टी लैजान पाउने प्रावधान ल्याएपछि रोयल स्ट्याग नेपालबाट बाहिरिएको थियो । त्यति बेला हिमालयन डिस्ट्रिलरीसँग सम्झौता गरेर १६ वर्षसम्म नेपालमा उत्पादन थालेको रोयल स्ट्याग नेपालको मदिरा बजारमा राम्रो बजार हिस्सा लिएको थियो ।

रोयल स्ट्यागका उत्पादनका लागि व्यवसायी रोहित कोहलीले २ वर्षअघि विनर लिक्कर्स कम्पनी खरिद गरेका थिए । कोहली वीनर लिक्कर्स खरिद गर्नुअघि पेप्सीका लागि नेपालका कन्ट्रि हेड थिए । उनले सन् २०१२ देखि २०१६ सम्म पेप्सीमा कन्ट्री हेड भएर काम गरेका थिए ।

उनीसँगको साझेदारीमा क्याप्टेन रामेश्वर थापा पनि रहेका छन् । उद्योग खरिदसँगै रोयल स्ट्याग ह्स्विकी उत्पादनका लागि कम्पनीले ४० करोड लगानी थप गरेको छ । कोहलीले रोयल स्ट्याग उत्पादन गरी नेपालभरि पुगिसकेको बताए ।

‘पुरानै स्वाद छ भनेर पारखीहरुले मनपराइरहेका छन्’, कोहलीले भने, ‘काठमाडौँ उपत्यकाभित्र पनि बजार विस्तार गर्ने योजनामा छौँ ।’ कोभिड र लकडाउनका कारण उत्पादनमा केही ढिलो भएको उनले बताए । सिग्राम्सको रोयल स्ट्यागसहित अन्य ब्रान्ड पनि विनर लिक्कर्सले नेपालमा उत्पादन गर्ने कोहलीले जानकारी दिए ।

झापालगायत देशका प्रमुख सहर तथा ग्रामीण बजारमा पनि रोयल स्ट्याग पुगिसकेको पूर्वका बजार प्रमुख मिलन पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer