२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

महिला श्रमिकको अधिकारका बारे प्रशिक्षण


बिर्तामोड, असोज २६ । नेपाल व्यापार कर्मचारी संघ ‘युनिकम’ नेपालले निजी व्यापार क्षेत्रमा कार्यरत महिलाको अधिकार र न्यायका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पसल श्रमिक महिलाहरुलाई पुरुषको तुलनामा तलब र अन्य सुविधामा विभेद गरिएको भन्दै युनिकमले महिलाहरुलाई आफ्ना हक र अधिकारका बारेमा प्रशिक्षण दिएको हो । निजी क्षेत्रमा काम गर्ने महिलाहरुले भोग्नु परेका समस्या, दुःख र यौनजन्य हिंसाका विषयमा जानकारी गराइएको थियो ।

क्लास नेपालका पूर्वमहासचिव कल्याण खड्काले बिर्तामोडका सहभागी २६ जना महिला श्रमिकलाई पशिक्षण दिएका थिए । कार्यक्रममा वीरता लेडी जेसिजकी पूर्वअध्यक्ष तथा महिला दबाब समूह झापकी अध्यक्ष शारदा रिजाल, बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल बिमलीले निजी क्षेत्रमा काम गर्दा महिलाले भोग्नु परेको समस्याका बारे अनुभव सुनाएका थिए ।

कार्यक्रमा युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले देशभरका निजी क्षेत्रमा काम गर्ने महिलाप्रति विभद गरिएको, ज्याला कम दिइएको र अन्य समस्य पनि रहेकाले युनिकमले उजागर गर्ने बताए । व्यापार व्यवसायमा काम गर्ने मजदुर कर्मचारीले लकडाउन अवधिको तलब दिने सहमति कार्यान्वयन नभएको भन्दै पौडेलले तत्काल तलब उपलब्ध गराउन माग गरे ।

सरकारका प्रतिनिधि, रोजगारदाता र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्ध ट्रेड युनियन महासंघबीच व्यापार व्यवसायमा काम गर्ने कर्मचारीलाई चैत महिनाको पूरा तलब दिने र लकडाउन अवधिभर आधा तलब उपलब्ध गराउने सहमति भएको थियो ।

कोरोनाको समयमा सबै फ्रन्टलाइनमा काम गर्ने श्रमिकलाई संक्रमण हुने जोखिम रहेकोले सुरक्षाका सबै उपाय अवलम्बन गरी काममा लगाउन र कर्मचारीको बीमा गरिदिन समेत अध्यक्ष पौडेलले माग गरेका छन् ।

डिपार्टमेन्ट, हार्डवेयर, कपडा, औषधी, कस्मेटिक, अटो मोबाइल्सलगायतका व्यापार क्षेत्रमा देशभर १२ लाख ४० हजार कामदार कार्यरत छन् । झापा जिल्लामा मात्र ५ हजार कामदार कार्यरत रहेको युनिकम नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer