२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहाराद्वारा काँकरभिट्टामा संरक्षण भत्ता वितरण


बिर्तामोड, असोज २६ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले दसैँ तथा संरक्षण भत्ता वितरण गरेको छ ।

सेवा केन्द्रले सोमबार काँकरभिट्टास्थित साठीबिघे र रमाइलोटोलमा एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक, ज्येष्ठ सदस्य पोषण, असक्त र अपाङ्गलाई भत्ता वितरण गरेको हो । गत बिहीवार लक्ष्मीपुर सेवा केन्द्रबाट कार्यक्रम सुरुवात भएको थियो ।

काँकरभिट्टामा १६ जना एकल महिला शेयर सदस्यलाई एक लाख २८ हजार र ज्येष्ठ नागरिक पोषण भत्ता एकजनालाई छ हजार रुपैयाँ वितरण गरिएको सवा केन्द्र प्रमुख खेमराज पुरीले जानकारी दिए ।

त्यस्तै, लघुवित्त कार्यक्रमअन्तर्गत भानु सहारा महिला समूहकी सदस्य सुमित्रा दाहालको निधन भएकोमा २६ हजार कर्जा मिनाह गरी रकम हस्तान्तरण गरिएको थियो । कर्मचारी यादव घिमिरेले सञ्चालन गरेको कार्यक्रम अनुगमन अधिकृत घनश्याम रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसअघि सहाराले लक्ष्मीपुरमा संस्थाका ५७ जना सदस्यलाई ४ लाख ३० हजार रुपैयाँ वितारण गरेको थियो । कोरोना भाइरस महामारीका कारण सहाराले घरघरमा गएर भत्ता वितरण गर्दा सहाराप्रति खुसी व्यक्त गरेका थिए ।

यसैबीच, संस्थाले दसैँ तथा संरक्षण भत्ताबापत ५३ लाख ७६ हजार रुपैयाँ वितरण गर्न लागेको रायले बताए । संस्थाले कोरोना भाइरस महामारीका समयमा राहत वितरण, ट्राफिक सचेतना, सदस्यहरुलाई विभिन्न सीपमुलक तालिम, आँखा शिविर सञ्चालनसहित ३९ वटा कार्य गरिसकेको छ ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङमा भत्ता वितरण गरिने संस्थाले जनाएको छ । अधिकृत रायका अनुसार यस वर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको छ । सबैभन्दा बढी ४० लाख ८० हजार रुपैयाँ ५१० जना एकल महिलालाई वितरण गरिएको छ ।

संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन बरदान’ नामक कार्यक्रम लागू गरेको छ । यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटु लगायतका जुनसुकै घातक रोग लाग्दा समेत उपचार खर्च पाउने गरेका छन् । सदस्य संख्या र पुँजीका हिसाबले सहारा देशकै प्रमुख सहकारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer