२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

आउटफिट टेलरिङले ल्यायो ‘भाग्यशाली ग्राहक’ योजना


बिर्तामोड, कात्तिक १ । बिर्तामोड मेगा कम्प्लेक्समा रहेको आउटफिट फेसन टेक्सटायल एन्ड टेलरिङ सेन्टरले पाँचौँ वर्ष प्रवेशको अवसर पारेर ‘भाग्यशाली ग्राहक’ उपहार योजना ल्याएको छ ।

सामाजिक सञ्जालमा जोडिने ग्राहकहरुका लागि आउटफिट फेसनले यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत भाग्यशाली एकजना ग्राहकले १० हजार रुपैयाँ बराबरको आउटफिट सपिङ भौचर पाउने छन् । साथै, अन्य १३ जना भाग्यशाली ग्राहकले विभिन्न पुरस्कार पाउनेछन् ।

चार वर्षअघि स्थापना भएको टेलरिङ सेन्टरले लेडिज तथा जेन्टसका कपडा बिक्रीका साथै रोजाइ अनुसारको पहिरन सिलाइ गर्दै आएको छ । डिजिटल मेसिनबाट टेलरिङ गरिने हुँदा सेन्टरमा आवश्यकताअनुसार २४ घन्टामा बेहुलाबेहुलीको पहिरनहरु तयार गर्न सकिने सञ्चालक रमेश परियारले जानकारी दिए ।

टेलरिङ व्यवसायका साथ साथै विभिन्न समाजिक कार्यमा समेत आउटफिट फेसन सक्रिय रहँदै आएको छ । स्थापनाको पहिलो वर्ष आउटफिटले सुनपकुवा मावि उर्लाबारीमा १० जनालाई, दोस्रो वर्ष देवी मावि बिर्तामोडका २५ जना र तेस्रो वर्ष सरस्वती मावि बुट्टाबारीका १७ जना विपन्न बालबालिकालाई विद्यालय पोसाक प्रदान गरिसकेको छ । आगामी दिनमा पनि सामाजिक कार्य निरन्तर रहने सञ्चालक परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer