२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एलुमिनियम व्यवसायी संघको अध्यक्षमा समिल


बिर्तामोड, पुस ६ । झापा जिल्ला एलुमिनियम तथा स्टिल व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी समिल राई चयन भएका छन् । राई बिर्तामोडमा रहेको जेसिका एलुमिनियम उद्योगका सञ्चालक हुन् ।

सोमबार बिर्तामोडमा भएको भेलाले राईको अध्यक्षतामा झापा जिल्लास्तरीय तदर्थ समिति गठन गरेको हो । भेलामा जिल्लाका सबै क्षेत्रका नयाँ तथा पुराना व्यवसायीको उपस्थिति रहेको थियो ।

नवगठित संघका सदस्यहरुमा रोशन नेम्वाङ, विनोद रिजाल, तेजु खतिवडा, योगेश खवास, ललित थामी, सोम पोर्तेल, नविन राई, गोपाल सिटौला, दिनेश कार्की, बद्री रिजाल रहेका छन् । त्यस्तै, समितिको सल्लाहकारहरुमा मोहन खरेल, हरि श्रेष्ठ, तेज संग्रौला, हेम गुरुङ, भरत श्रेष्ठ, ज्ञान रिमाल र गणेश कार्की रहेका छन् ।

झापामा एलुमिनियम तथा स्टिल व्यवसाय गर्ने एक सयभन्दाबवढी व्यवसायीहरु रहे पनि हालसम्म संगठित नहुँदा व्यावसायिक हकहितमा समस्या हुँदै आएको थियो । त्यस्तै, गुणस्तर र मूल्यमा असमानता रहेकाले त्यसलाई चिरेर एलुमिनियम तथा स्टिल व्यवसायीको हकका लागि संघ गठन गरिएको अध्यक्ष राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer