२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रिभरसाइडको अध्यक्षमा खड्का


बिर्तामोड, पुस १३ । एक दशकअगाडि झापाको बिर्तामोडमा स्थापित युनाइटेड रिभरसाइड युवा फाउन्डेसनको अध्यक्षमा ओमबहादुर खड्का चयन भएका छन् ।

संस्थाको सोमबार कनकाईस्थित जामुनखाडी सिमसारमा भएको चौथो अधिवेशनले सर्वसम्मत रुपमा खड्कालाई अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा भगीरथ पौडेल, उपाध्यक्षमा प्र्रदिप खरेल, महिला उपाध्यक्षमा तारा कार्की, महासचिवमा रेवती खनाल, सचिवमा राजकुमार ओली र कोषाध्यक्षमा उमेश खरेल चयन भएका छन् ।

समितिको सदस्यहरुमा गणेश पाठक, रमेश प्रसाईं, रविन्द्र राउत र रमेश धनन्जय रिजाल चयन भएका छन् । समितिले आगामी दिनमा बिर्तामोड क्षेत्रमा सामाजिक तथा सिर्जनात्मक गतिविधि गर्ने योजना बनाएको छ ।

यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले संस्थाले गरेको कामको प्रशंसा गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे, शाखा अधिकृत देवराज कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, शिक्षासेवी उत्तम खनाल, समाजसेवी जितेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer