२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको अध्यक्षमा ढकाल


अध्यक्ष ढकाललाई मायोको चिनो प्रदान गर्दै निवर्तमान अध्यक्ष नरेन्द्र खड्का ।

बिर्तामोड, पुस २०। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल चयन भएका छन् ।

सोमबार झापाको बितामोडमा सम्पन्न तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष छन् ।

जिल्ला नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा पनि सहमतिको प्रयासपछि सर्वसम्मत चयन गरिएको छ । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।

जिल्ला नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल, एसोसिएट उपाध्यक्षमा विराटनगरका निर्माण व्यवसायी राजेन्द्र राउत र कोषाध्यषमा विराटनगरका उद्योगी रमेशकुमा राठी निर्विरोध भएका छन् ।

त्यस्तै, जिल्ला नगर सदस्यहरुमा युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कटवाल, वीरन्द्रकुमार शाह र प्रितम खड्गी चयन भएका छन् । वस्तुगत सदस्यमा सुवास आचार्य र राजन श्रेष्ठ तथा एसोसिएट सदस्यमा रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाल चयन भएका छन् ।

यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, महासंघका विशिष्ट सदस्य किशोर प्रधान, आथित्यता शाखा बिर्तामोडका अध्यक्ष कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यकारिणी सदस्य कुमारमणि पोखरेलले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन जिल्ला नगर उपाध्यक्ष राजेन्द्र राउतले गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष नरेन्द्र खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer