२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा आइसक्रिम ल्याब सञ्चालनमा


बिर्तामोड, माघ १० । आधुनिक बिर्तामोडको नयाँ परिचयको रुपमा रहेको बिर्तामोड सिटी सेन्टरमा आइसक्रिम ल्याब सञ्चालनमा आएको छ ।

शनिबार एक कार्यक्रमका बीच चर्चित गायक प्रमोद खरेलले आइसक्रिम ल्याबको उद्घाटन गरे । बिर्तामोडका उदीयमान सफल व्यवसायी दिपेन्द्र राउत र उमेश राउतले सञ्चालनमा ल्याएको आइसक्रिम ल्याबमा पृथक तरिकाले आइसक्रिम उत्पादन गर्न ल्याब स्थापना गरेको कार्यक्रममा जानकारी दिइयो ।

नाइट्रोजनबाट आइसक्रिम बनाउने नयाँ प्रविधि सुरुवात गरिएको कम्पनीले जनाएको छ । विश्व बजारमा अत्यधिक रुचाइएको वफलसमेत आफ्नो आइसक्रिम ल्याबमा उपलब्ध रहेको दिपेन्द्रले बताए । वफलसँगै गोल्डेन मिल्क, पानकेक, फ्रेन्च टोस्ट, इन्डियन स्न्याक्स स्विट कन, ताजा फ्रुट जुस, पानीपुरी, चाट, चिया, विन कफीलगायतका परिकार उपलब्ध रहने उनले बताए ।

अन्तर्राष्ट्रिय ब्रान्ड आइसक्रिम ल्याबलाई नेपालमा विधिवत दर्ता गरी फ्रेन्चाइज मोडलमा लगिने कम्पनील जनाएको छ । देशभरि फ्रेन्चाइज लिन चाहने व्यवसायीहरुलाई मेसिन, कच्चा पदार्थ र तालिमसमेत यस कम्पनीले दिने उनको भनाइ छ ।

दिपेन्द्र शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने उमेश पल क्रिएसन तथा प्रतिदिन दैनिकका सञ्चालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer