२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

व्यापार र समाजसेवामा सक्रिय सञ्जीव


१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई महोत्सवमा स्वागत गर्दै घिमिरे ।

बिर्तामोड, माघ १६ । कोराना महामारीसँगै सरकारले देशभरि लक डाउन घोषणा गर्यो । लक डाउनपछि खासगरी दैनिक ज्याला मजदुरी गर्ने वर्ग संकटमा परे । त्यही समय झापामा एकका लागि एक अभियान सुरु भयो ।

अभियानले झापामा सुरुवातमा खाद्यान्न वितरण कार्यक्रम थाल्यो । यसैबीचमा बिर्तामोड चोकमा तयारी खाना वितरण गर्ने निर्णय भयो, जसको नेतृत्व गरे–बिर्तामोडमा उदीयमान युवा व्यवसायी सञ्जीव घिमिरेले । व्यवसायीमाझ लोकप्रिय मात्र होइन घिमिरेको ऊर्जा र शालीनताले खाना वितरण सहज भएको थियो । उनी समितिको संयोजक भएर १० हजारभन्दा बढी छाक खाना वितरण भयो ।

१० वर्षयता व्यवसायमा सक्रिय ३७ वर्षीय घिमिरे आधा दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आवद्ध रहेर समाजसेवामा सक्रिय छन् । बिर्तामोड उद्योग वाणिज्य संघमा कार्यकारिणी सदस्य रहेका उनी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवका महासचिवको जिम्मेवारीमा थिए । उनको क्षमताको कारण उनलाई सो जिम्मेवारी दिइएको थियो ।

हाल रोटरी क्लब अफ बिर्तामोडको महासचिव रहेका घिमिरे वीरता जेसिजका पूर्वसहसचिव हुन् । त्यस्तै, बिर्तामोड राउन्ड टेबलका संस्थापकमध्येका एक हुन् । राउन्ड टेबलले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ । विद्यालयलाई आधुनिकीकरण गर्न, विद्युत, खानेपानी, ल्यापटप ल्याब निर्माणमा राउन्ड टेबलले सहयोग पुर्याउँदै आएको छ ।

व्यावसायिक र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय रहेका घिमिरे व्यवसायीको गाह्रो अप्ठ्यारोमा हरदम खटिँदै आएका छन् । व्यवसायीको झमेला र समस्या समाधान गर्न उनी जतिबेला पनि पुग्ने गरेको बिर्तामोडका व्यवसायीहरुको भनाइ छ ।

एमबिएसम्मको अध्ययन गरेका उनी व्यापार र उद्योग सञ्चालनका कमिकमजोरीलाई सुधार्दै नयाँ योजना बनाउन बिर्तामोडका व्यवसायीलाई सल्लाह पनि दिँदै आएका छन् । सफल व्यवसायी बन्ने टिप्स बाँड्दै नयाँ युवा पुस्तालाई व्यावसायिक क्षेत्रमा स्थापित गर्ने उनका धेरै योजना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer