२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयले पुरस्कृत तथा सम्मान गर्ने


झापा, माघ २० । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको माघ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आज मंगलबार प्रेस विज्ञप्ति निकालेर सम्मान तथा पुरस्कारका बारेमा जानकारी दिएको हो । प्रदेश १ बाट छनोट भएका खरेल नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हुन् । उनी विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । खरेल हाम्रो खेलकुद डटकमका सम्वाददाता पनि हुन् ।

यसैबीच, मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख नगद र सम्मानपत्र रहेको छ । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (दलित, महिलातर्फ) दोलखाकी मुना कार्कीलाई प्रदान गर्ने मन्त्रालयले निर्णय गरेको छ । पुरस्कारको राशि २५ हजार नगद र सम्मानपत्र रहेको छ ।

त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश २ बाट महोत्तरीका रञ्जनकुमार भण्डारी, बाग्मती प्रदेशबाट काठमाडौँका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट पाल्पाका माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट दाङका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट जुम्लाका भूपेश उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट डोटीका सीताराम ओझालाई प्रदान गर्ने मन्त्रालयले निर्णय गरेको छ । पुरस्कारको राशि २५ हजार नगद र सम्मानपत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer