२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बन्दको सामान्य प्रभावः बजार तथा पसल खुला, जनजीवन सहज


झापा, माघ २२ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौँमा आयोजना गरेको बृहत आमसभा प्रभावित पार्नेगरी अर्का अध्यक्ष प्रचण्ड समूहले आह्वान गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ ।

झापाका मुख्य सहर तथा बजारहरु खुला छन् । पसलहरु निर्वाध ढंगले चलिरहेका छन् । मुख्य राजमार्गका केही चोकमा सानो संख्यामा कर्याकर्ताहरु सडकमा देखिएका छन् । उनीहरुले दुई र तीन पांग्रे सवारी साधनबाहेकलाई चल्न दिएका छैनन् । कार्याकर्ताले आफू भएको ठाउँभन्दा वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन चलाउन भनेका छन् ।

यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायीलाई पसल बन्द नगर्न आह्वान गरेका थिए । व्यवसायी नेता सुवास भट्टराईले बन्द हड्ताल कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन् । उनले जुनसुकै उद्देश्य भए पनि बन्द, हड्ताल गर्न नहुने बताए ।

यसैबीच, प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापामा एउटा कार तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेर कार कुदाएको भन्दै नेकपाका कार्यकर्ताले मे. १ च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बिर्तामोडको पश्चिम बस स्टेन्डमा भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते भएका छन् । उनको हातमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ । कार्यकर्ताले गाडी तोडफोड गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा प्रदान गर्दै भिडलाई नियन्त्रण गरेको थियो ।

सहरमा मुख्य चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिर्तामोड, दमक, सुरुंगा, काँकरभिट्टा, धलाबारी, चन्द्रगढीलगायत क्षेत्रमा प्रहरीको ठुलो उपस्थिति रहेको छ । बिर्तामोडको पश्चिम बस स्टन्डमा नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका एकजना नायव उपरीक्षक खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer