२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा होटल सेभेन इन सञ्चालनमा


बिर्तामोड, माघ २९ । आगन्तुकहरुको संख्या बढ्दै गएपछि झापाको बिर्तामोडमा होटलहरु पनि थपिन थालेका छन् । बिर्तामोडको सैनिकमोडमा भोलिबाट सेभेन इन होटल सञ्चालनमा आउने भएको छ ।

युवा व्यवसायी प्रकाश घिमिरेले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएका हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य सचिव हुन् । होटलको एक कार्यक्रमबीच राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले उद्घाटन गर्नेछन् ।

शुक्रबार एक भव्य सांगीतिक कार्यक्रम गरेर होटलको शुभारम्भ गरिनेछ । कार्यक्रमअन्तर्गत पहिलो दिन गायिका एलिना चौहान र दोस्रो दिन गायक राम लिम्बूको प्रस्तुति रहनेछ । डान्सर रिया श्रेष्ठले दुवै दिन प्रस्तुति दिनेछिन् । नायक सुवास मेचेको विशेष उपस्थिति रहनेछ ।

सञ्चालक घिमिरेका अनुसार ८२ लाख रुपैयाँको लगानीमा होटल सञ्चालनमा आउन लागेको हो । डिलक्ससहित १० वटा एसी कोठाहरु रहेको होटल बिर्तामोड बजारको भीडभन्दा अलग्गै रहेको छ । शान्त वातावरणमा प्रशस्त पार्किङको व्यवस्थासहित सञ्चालनमा आएको होटलमा नेपाली, इन्डियन, चाइनिजलगायत परिकार पाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer