२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ताप्लेजुङको सिरिजंगामा डढेलोले ठुलो रुप लिँदै


बिर्तामोड, फागुन २ । सिरिजंगा गाउँपालिका ५को पेदाङ र वडा नम्बर ६ को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठुलो रुप लिएको छ ।

डढेलो लागेको तल्लो क्षेत्रका बासिन्दाले आफ्नो घर जोगाउन गए रातिदेखि सुत्न पाएका छैनन् । ‘माथिबाट कोइला, आगोको लप्का उडेर आउने र घर जलाउने डरले रातभरी जाग्राम बस्यौँ,’ पेदाङका पर्वत भण्डारीले भने, ‘राडीलाई पानीमा भिजाएर घरको धुरीमा राख्यौँ र पानीले छानो पूरै भिजायौँ ।’

शुक्रबार बेलुका ११ बजेतिर देखिएको डढेलो शनिबार दिउँसो गाउँलेले निभाएका थिए । सेउला र पानी हालेर निभाएको आगो दिउँसो ३ बजेदेखि फेरि सल्किएको हो । निभाउन नसकिएको ठाउँको ठुटाको आगो हावा चलेपछि पुनः सल्किएको अनुमान गरिएको पर्वतले बताए । ’अब त निभाउन सक्ने अवास्था नै छैन’, भण्डारीले भने ।

तुङखाले भीरको डढेलोबाट यसको फेदमा रहेका २०–२२ घरमा झिल्का र कोइला र लप्का उडेर आउने जोखिम रहेको स्थानीय पूर्ण लिङ्देनले बताए । डढेलो बढ्दै गएकाले खेवाङतर्फ पनि जोखिम बढेको छ । भिरको शिरान र जंगलमा रहेको अलैँचीका बगानहरु सखाव हुने स्थानीय बताउँछन् । जंगल क्षेत्र ठुलो र सुख्या भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको स्थानीयबासीले बताएका छन् । (इकान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer