२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः एक स्वतन्त्र सदस्यसहित ३९ जनाको उम्मेदवारी


बिर्तामोड, फागुन ६ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् ।

बिहीबार भएको मनोनयन दर्तामा औषधि व्यवसायी जीवनकुमार खड्काले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । दर्जनौँ संघसंस्थामा आवद्ध उनी बिर्तामोडका ऊर्जाशील युवा व्यवसायी हुन् ।

यही फागुन १६ गते हुने निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन गरी दुई प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिने खड्का एक मात्र उम्मेदवार हुन् ।

अध्यक्षमा सुवास र प्रकाशको भिडन्त

अबको १० दिनमा हुने निर्वाचनमा सुवास भट्टराई र प्रकाश शिवाकोटी नेतृत्वबीच प्रतिस्पर्धा हुने भएको छ । सुवास नेकपा–राप्रपा गठबन्धन र प्रकाश कांग्रेस समर्थित अध्यक्षका उम्मेदवार हुन् ।

सुवासको गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, वाणिज्य सचिवमा धनबहादुर डाँगी, उद्योग सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा दुर्गा थपलिया र सहकोषाध्यक्षमा रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, खुला सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह, सूर्यकुमार खतिवडा र गोविन्द कार्की तथा महिला सदस्यमा रुचि शिवाकोटी र सोनी अग्रवालको उम्मेदवारी रहेको छ ।

यसैबीच, लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई र महासचिव पदमा रविन्द्र भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष राधिका चुडाल छन् । महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल तथा खुला सदस्यमा विशाल थापा, सन्नी गोयल, दिपक मित्तल, बलराम सिटौला (राम), मनोज शाह रौनियार, पुकार बराल र विकास बस्नेतले उम्मेदावारी दिएका छन् ।

यसपालिको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer