२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

स्थानीय उत्पदानमा जोड दिऔँ : वरिष्ठ उपाध्यक्ष ढकाल


बिर्तामोड, चैत ६ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वदेशी उत्पादनमा जोड दिन व्यवसायीले पनि भूमिका खेल्नुपर्ने बताए । त्यस्तै, महासंघले अघि सारेको भिजन २०३० लाई सार्थक पार्न सबै व्यवसायी र उद्योगीहरुले सुझाव दिएर सफल बनाउन आग्रह गरे । त्यस्तै, बैंकको ब्याजदर घटाउन महासंघले पहल गरेको उनको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य उमेश डालमिया, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, एमाले झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापाका सभापति उद्धव थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

वर्तमान अध्यक्ष प्रकाश शिवाकोटीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा पत्रकारद्वय इन्दू पूर्वेली र सन्तोष न्यौपानलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य केशव भट्टराईल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer