२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युनिकमद्वारा संघका पदाधिकारी–सदस्यलाई स्वागत–सम्मान


बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसँग परिचय गर्दै स्वागत–सम्मान गरेको छ ।

व्यवसायी र श्रमिकबीच प्रगाढ सम्बन्ध स्थापनामा भूमिका खेल्दै आएको युनिकमले मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान तथा स्वागत गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युनिकमका प्रशिक्षण विभाग प्रमुख तिलकजङ्ग खड्काले व्यापार मजदुर र व्यापारीहरु एकअर्काका परिपूरक भएकाले नङ र मासुझैँ हुनुपर्ने बताए । उनले युनिकमले गर्दै आएको काम र उद्देश्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले मजदुर र मालिकबीच राजनीति गरेर समस्या खडा गरिदिने गलत प्रवृत्तिको अन्त्य युनिकम नेपालले गर्दै आएको कामको प्रशंसा गरे । उनले सबै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना व्यक्त पनि गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, संघका नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटी, महासचिव अर्जुन मैनालीलगायतले आआफ्नो भनाइ राखेका थिए ।

पत्रकार केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले श्रम लगानीकर्ता र श्रमिकबीच मजबुद सम्बन्ध रहनुपर्ने बताए । युनिकम नेपालले दुई पक्षबीच हुँदै आएको द्वन्द्व समाधानमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तारा बराल, प्रदेश सदस्यहरु कुमार भट्टराई, दिपक पाण्डे, विनोद बस्नेत, प्रशान्त भण्डारीलगायत उद्योगी व्यवसायी र युनिकमका विभिन्न समितिका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer