२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रसाईं सुपर मार्केटमा युनिकम नेपाल


बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को बिर्तामोड नगर समितिअन्तर्गत प्रसाईं सुपर मार्केटमा समिति गठन भएको छ ।

सो मार्केटमा श्रम गर्दै आएका व्यापार कर्मचारीहरुको एक भेलाले अम्बिका भट्टराईको अध्यक्षतामा १६ सदस्यीय समिति बनाएको हो । समितिको सचिवमा आशिका नेम्वाङ रहेकी छन् ।

त्यस्तै, सदस्यहरुमा अशोक गुरुङ, सन्तोष चौधरी, विशाल दाहाल, उमा भेटवाल, सजिना तामाङ, सविना तामाङ, गंगा इजम, खगेन्द्र राई, दुर्गा रोक्का, सुरज राजवंशी, मानबहादुर महत, गोमा भेटवाल, तारा पौडेल र जितेन राजवंशी छन् ।

संघका कार्यालय प्रतिनिधि अर्जुन पौडेल र प्रतिमा राउतको उपस्थितिमा समिति गठन गरिएको हो । संघले बिर्तामोडसहित अन्य बजारमा कार्यरत व्यापार कर्मचारीलाई संगठित गर्ने कामलाई तीव्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer