२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात


बिर्तामोड, चैत १३ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान गरिएको बिर्तामोड शाखा प्रमुख टंक पौड्यालले जानकारी दिए ।

ग्लोबल मनी विकको अवसर पारेर बैंकले पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा बैंकका प्रदेश १ प्रमुख राजेश ढकालले टेम्पु चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेर अभियानको उद्घाटन गरका थिए ।

कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख ढकालले बैंकले आफ्ना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गरे । उनले यातायातका अन्य साधनहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

बिर्तामोड शाखा प्रमुख पौड्यालले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा प्रस्ट्याएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका रिलेसनसिप मेनेजर राजु श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बाँस्तोलाले सिभिल बैंकले उपलब्ध गराएको क्युआर कोडले चालकहरुलाई स्मार्ट बनाउने बताए । उक्त अवसरमा टेम्पु सवारी चालकहरुलाई बैंकको तर्फबाट चालक पोशाक पनि वितरण गरिएको थियो ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको छ । बैंकले करिब ८१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७६ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer