२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुधबारे जेसिजको भवन शिलान्यास


बिर्तामोड, बैशाख १६ । बुधबारे जेसिजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी आज शिलान्यास गरिएको छ । सन् २०१२ मा स्थापना भएको बुधबारे जेसिजले आफ्नै जग्गामा एक कार्यक्रमको आयोजना गरी सचिवालय भवन शिलान्यास गरेको हो ।

५० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीन तले भवनको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलले शिलान्यास गरेकी हुन् ।

भवन निर्माणका लागि बुधबारे जेसिजको बोर्ड बैठकले भवन निर्माण समिति संयोजकमा निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई तथा पूर्वअध्यक्ष रमेश बरालको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको छ ।

त्यस्तै, आर्थिक समिति संयोजकमा दिपेन सिटौला रहेका छन् । सम्पूर्ण पूर्वअध्यक्षहरु भवन निर्माण समितिमा रहेका छन् । बुधबारे जेसिजका लागि आजको दिन ऐतिहासिक महत्वको भएको जेसिजका अध्यक्ष अनिल वाग्लेले बताए ।

बुधबारे जेसिजलाई बुद्धशान्ति–१ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारले १० धुर जग्गा निःशुल्क प्रदान गरेको थियो । भवन निर्माण समितिका संयोजक राईले सबैबाट भवन निर्माणमा साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । भवन निर्माणलाई पूर्णता दिन बोर्डका पदाधिकारीसहित सम्पूर्ण पूर्वअध्यक्षहरु लागिपरेका छन् ।

यसैबीच, बुधबारे जेसिजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याउने बुधबारे जेसिजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । उनले भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुनेगरी निर्माण कार्य सम्पन्न गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer