२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

चट्याङ लागेर असईको मृत्यु


बिर्तामोड, बैशाख २१ । झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो चौकीका प्रमुखसमेत हुन्।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको ओम साई पाथिभरा अस्पताल ल्याइएको थियो।

उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए। गस्तीमा उनीसहित दुईजना निस्केका थिए। सँगै रहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ।

Adv footer