२०८३ जेठ १८ सोमबार
Jhapa Today
Adv top

मिडियाको नाममा व्यवसायी धम्क्याउँदै हल्दिबारीका ओली


बिर्तामोड, जेठ १८ । झापामा सामाजिक सञ्जाल फेसबुक पेज चलाउँदै नागरिक र व्यवसायीलाई आजित पार्दै आएका व्यक्तिले धम्की पनि दिन सुरु गरेको घटना सार्वजनिक भएको छ ।

झापा हल्दिबारी गाउँपालिका–१ का स्थायी बासिन्दा नितेश (नवराज) ओली नामका व्यक्तिले उद्योगी तथा व्यवसायीहरूलाई धम्क्याउँदै रकम माग्ने गरेको जानकारी महासंघमा प्राप्त भएको बताइएको छ ।

ओलीले आफूलाई पत्रकार बताउँदै विभिन्न सञ्चारमाध्यमको नाममा झापाका केही उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ओलीले आफू विभिन्न मिडियामा कार्यरत् रहेको झुठो विवरण पेस गर्दै ठोस खबर डटकम, पूर्वी गर्जन मिडियालगायत आधा दर्जनभन्दा बढी सञ्चार संस्थाको नाममा रकम मागेको महासंघले आज निकालेको विज्ञप्तिमा जनाइएको छ ।

आफ्नो मिडियाको बद्नाम गरेर ओलीले अवैध कार्य गरेको भन्दै केही मिडियाका सञ्चालकहरुले महासंघ समक्ष गुनासो गर्दै कारबाहीका लागि आग्रह गरेका छन् । गलत गतिविधि र दुष्प्रवृत्तिप्रति सचेत रहन महासंघका तर्फबाट सचिव राजु पाठकले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

पत्रकारिताको आवरणमा सञ्चार क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउनेगरी भइरहेका यस्ता गलत क्रियाकलापप्रति महासंघ झापा घोर निन्दा र भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

पत्रकारिताको नाममा कसैले धाक धम्की दिने वा अनुचित आर्थिक लेनदेनको प्रस्ताव राखे वा रकम मागेमा सम्बन्धित निकायमा उजुरी गर्न समेत महासंघ झापा सम्वन्धित सबैमा अनुरोध गर्दछ ।

Displaying Press Bigyaptii copy.jpg

त्यस्तै, महासंघले नतेश ओली लगायत सामाजिक सञ्जालका विभिन्न पेज सञ्चालन गर्ने व्यक्तिहरूलाई पत्रकारिताको नाममा गलत गतिविधि नगर्न सचेत गराएको छ ।

ओलीले यसअघि पनि विभिन्न सामाजिक व्यक्तित्व, पत्रकार, राजनीतिकर्मी, प्रहरी लगायतमाथि अश्लील गाली गर्ने, धम्क्याउने लगायतका अराजग गतिविधि गर्दै आएका थिए । उनीमाथि पटकपटक पक्राउ पुर्जी जारी भई कारबाही पनि भइसकेको छ ।

Adv footer