२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा निर्माण सामग्री ढुवानीका साधनमा कडाइ


काँकरभिट्टा बसपार्कमा एक हजार बेडको होल्डिङ सेन्टर बनाइने

शुक्रबार भारत पश्चिम बंगालस्थित आसनसोलबाट नेपाल फर्कंदै नेपालीहरु । तस्वीरः झापा टुडे ।

बिर्तामोड, बैशाख २५ । झापामा निषेधाज्ञालाई अझ कडा पारिएको छ । यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समय तोकिएको छ ।

शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र झापाको बैठकले निर्माण सामग्री बोकेका टिप्पर तथा ट्र्याक्टर लगायतलाई बिहान ६ बजेदखि १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय भएको केन्द्रका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

बैशाख ६ गते मन्त्रिपरिषद र बैशाख १३ गते झापास्थित केन्द्रको बैठकले नाकामा एक हजार बेडसहितको अर्ध–स्थायी होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय भएको थियो । होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

शनिबारको केन्द्रको बैठकले एम्बुलेन्स, शव बाहनलगायत अन्य कुनै पनि सवारी साधनहरुले तोकिएको भन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरेको छ । बैठक झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer